क्यान्सर रोगबाट पीडित वडाध्यक्षको निधन
काठमाडौँ । सङ्खुवासभाको चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ।
नगरप्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो।
क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघि देखि उपचार गराइरहेका थिए।
विसं २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकाश लिएर अध्यक्ष भएका थिए। उनी तत्कालीन नेकपा (एमाले) बाट विजयी भएका हुन्।
शेर्पाको मयुममा नै आज दिउँसो अन्त्येष्टि गरिएको नगरप्रमुख खत्रीले जानकारी दिए । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment