पोखरामा ताइवानी नागरिकको मृत्यु
फाइल फाेटाे
कास्की । पोखरामा आज एक ताइवानी नागरिकको मृत्यु भएको छ ।
राहदानी नम्बर ३०२५३५२७७ भएको ५७ वर्षीय युचाङ छिङको मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।
अन्नपूर्ण आधार शिविरको पदयात्राबाट फर्किएका उनि आज बिहान घान्द्रुकको टाडापानी आइपुगेका थिए । उनि मङसिर ८ गते पदयात्राका लागि पोखराबाट अन्नपूर्ण आधारशिविर गएका थिए ।
आज बिहान अचानक छाती दुख्न थालेपछि उनका साथीहरुले प्रभु एयरको हेलिकप्टरबाट मनिपाल शिक्षण अस्पताल पोखरा ल्याएर भर्ना गरेको थियो । उनको उपचारको क्रममा आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment