विवाहपञ्चमीको उपलक्ष्यमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

डिसी नेपाल
१५ मंसिर २०७६ ८:५९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन साँस्कृतिक पर्व विवाहपञ्चमीले नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न मद्दत पुगोस् भनी कामना गरेकी छिन् ।

विवाहपञ्चमीको अवसरमा शुभकामना सन्देश दिँदैराष्ट्रपति भण्डारीले यस्ता पर्वले आदर्श एवं उच्च मर्यादित समाज निर्माण र राष्ट्रिय एकताको भावना जागृत गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले मार्ग शुक्लपञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष सम्झनामा मनाइने विवाहपञ्चमीको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

‘आदिकालमा ज्ञान, शिक्षा र साँस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको छ, यस्तो गौरवपूर्णस्थलमा हुने विवाहपञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व छ’ राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *