भक्तपुरमा नेकपाले बढायो मत

डिसी नेपाल
१५ मंसिर २०७६ ९:१४

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ। तर यसअघिको सार्बजनिक मतको तुलनामा नेकपामा उम्मेद्वारले काँग्रेसँगको मतान्तर घटाएका छन् ।

आइतबार बिहान ८ बजेसम्मको मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलभन्दा नेकपाका उम्मेद्वार देवीप्रसाद ढकाल २ हजार ४३६ मतले पछाडि छन् । यसअघि ढकाल काँग्रेसका उम्मेद्वार भँडेलभन्दा ३ हजार १ सय ७० मतले पछि थिए ।

काँग्रेसका भँडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन् भने नेकपाका देवीप्रसाद ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेमकिपाका उम्मेद्वार निरज लवजूले २ हजार २४७ मत प्राप्त गरेका छन्।

यसअघि कांग्रेसका भँडेलले ८ हजार ८ सय १ मत थियो भने नेकपाका उम्मेद्वार देवी प्रसाद ढकालको ५ हजार ६ सय ३१ मत रहेको थियो ।

नेमकिपाका उम्मेद्वार निरज लवजुले १ हजार ९ सय ५१ मत पाएका थिए ।

अहिलेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ७ सम्म मत गणना सकिएको निर्वाचन कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *