समन्वय र सहकार्यको उत्कृष्ट नमूना बन्दै सिद्धार्थ राजमार्ग आसपासका पालिकाहरु

डिसी नेपाल
१५ मंसिर २०७६ १०:५५

तानसेन। दुई प्रेदश, ४ जिल्लाका १५ नगर र गाउंपालिका प्रमुखहरुको वैठक तानसेनमा सुरु हुने भएको छ। सिद्धार्थ राजमार्गले छोएका गाउँ तथा नगरको आर्थिक विकासका लागि समन्वय र सहकार्य गर्न प्रमुखहरुको वैठक आयोजना गर्न लागिएको हो । राजमार्ग क्षेत्रका जनताको आर्थिक विकासका लागि पालिकाहरुले संयुक्तरुपमा पहल गर्न एकै थलोमा जम्मा हुन लागेको आयोजक तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले बताए।

वैठकले यस राजमार्गमा रहेका पालिकाहरुले संयुक्त रुपमा सञ्चालन गर्न सकिने योजनाहरुको पहिचान, छनौट र कार्यान्वयनको लागि छलफल र सहमति गर्ने प्रमुख शाहिले बताए।सहकार्यमा गर्न सकिने योजनाहरुको लागि पालिकाहरुले बजेट विनियोजन र कार्यान्वयनको लागि संरचनाको तयसमेत गर्ने उनले बताए ।

स्थानीय सरकारहरुले जनताको अपेक्षाहरु पुरा गर्नको लागि आफ्नो सिमा भन्दा बाहिरको सोच लिई एक आपसमा समन्वय र सहकार्य गर्नु पर्ने कुरामा सहमत भई वैठकको आयोजना गर्न लागिएको वालिड नगरपालिका प्रमुख दीलीप प्रताप खांडले बताए।

सहकार्यको आवश्यकता

स्थानिय निकायहरु जनताहरुसंग प्रत्यक्ष रुपमा सम्पर्कमा रहने, दैनिक जीवनका विभिन्न आयामहरुमा जनताहरुसंग सञ्चार र समन्वय र सहकार्य गर्ने निकाय हो। जनताहरु स्थानीय निकायको दायर भन्दा बाहिर रहि दैनिक जीवनमा सहयोग सहकार्य, धार्मीक कार्य तथा अन्य सामाजीक सम्बन्धका आधारमा अगाडी बढ्दै छन। स्थानीय सरकारहरु पनि जनताको अपेक्षाहरु पुरा गर्नको लागि आफ्नो दायरा भन्दा बाहिरको सोच लिई एक आपसमा समन्वय र सहकार्य गर्ने र लाभका वितरण समेत गर्ने गरि अगाडी बढनु आजको आवश्यकता हो।

प्रदेश सरकारहरु तथा पालिकाहरुबीच समन्वय

सिद्धार्थ राजमार्ग आसपासका पालिकहरुको वैठकले गण्डकी प्रदेश र प्रदेश ५ सरकारहरु संग सहकार्य गर्ने छ। यसरी दुई प्रदेश र पालिकाहरुको समन्वय हुन लागेको यो पहिलो पटक हो । हामीले पालिका तथा जिल्ला सिमा पार गरि प्रदेश सरकारको तहमा समेत समन्वय गर्न लागेको तानसेन नगरपालिकाका योजना प्रमुख विष्णु पौडेलले बताए। संविधानमा समेत तिनतहका सरकारहरु बीच समन्वय हुनु पर्ने र गरिनु पर्ने व्यवस्था प्रष्ट छ। पालिकाहरुले गरेको यो प्रयासले दुई प्रदेशहरु, १५ भन्दा बढी स्थानीय सरकारहरुलाई एकै थलोमा बसी करिडोरका जनताहरुलाई फाईदा पुग्ने गरिसमन्वय र सहकार्य गरिने उनले बताए ।

सिद्धार्थ आर्थिक करिडोरको सम्भावना

लुम्बिनी पोखरा जोड्ने सिद्धार्थ राजमार्ग क्षेत्रको विकासले यहांका जनताहरुलाई कृषि, पर्यटन, उद्योग तथा रोजगारीका अवसर सिर्जना हुने गण्डकी प्रदेश सरकार योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी पौडेलले बताए। सिद्धार्थ राजमार्ग आसपासका आर्थिक विकासका सम्भावनाहरु उजागर गर्न स्थानीय सरकारहरुले लिएको यस अग्रसरताले सहयोग पुग्ने उपाध्यक्ष डा. पौडेले विश्वास व्यक्त गरे ।

समन्वय र सहकार्यको मोडालिटी

तानसेन नगरपालिकाले सिद्धार्थ राजमार्गसंग जोडिएका नगर तथा गाउंपालिकाहरुले बार्षिक रुपमा पालैपालो अध्यक्षता गर्ने गरि वैठक गरि अगाडी बढने भएका हुन। । समन्वय र सहकार्यमा कार्य गर्नको लागि एक सचिवालय तथा समन्वय समितिको व्यवस्था गर्ने सम्बन्धमा समेत छलफल हुने आयोजक तानसेन नगरपालिकाले जनाएको छ।

पर्यटकिय सम्भावनाको उपयोग

आन्तरिक तथा वाह्य पर्यटकहरुलाई पोखरा तथा लुम्बिनी भ्रमणका क्रममा यस राजमार्गका नगर तथा गाउंपालिकाहरुले सिर्जना गर्न सक्ने अवसर र तिनको विकासका लागि एक छुट्टै मुद्दाको रुपमा छलफल गरि अगाडी बढने सोच रहेको तानसेन नगरपालिका पर्यटन समितका संयोजक सागर महर्जनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.