उपनिर्वाचन : दाङमा नेकपाको अग्रता, पछि-पछि कांग्रेस
काठमाडौं । दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा नेकपाले प्रारम्भिक अग्रता लिएको छ।
दाङको बबई गाउँपालिका–१ को मतगणना सकिँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला ओलीले १९०६ मत पाएकी छिन् ।
नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले ११३४ मत पाएका छन् । आचार्य नेकपा उम्मेद्वार ओली भन्दा ७ सय ७२ मतले पछाडि छन् ।
आइतबार बिहान ९ बजेबाट शुरु भएको मतगणना वडागत रुपमा शुरु गरिएको छ।
शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment