ट्याक्टरले ठक्कर दिँदा अर्घाखाँचीमा ७ वर्षीय बालकको मृत्यु
सांकेतीक तस्वीर-
सन्धिखर्क । ट्याक्टरले ठक्कर दिँदा अर्घाखाँचीमा एक बालकको ज्यान गएको छ । ट्याक्टरले ब्याक गर्ने क्रममा ठक्कर दिँदा भूमिकास्थान नगरपालिका जगता घर भई हाल सन्धिखर्क डेरा गरी बस्ने गीता थापाको ७ वर्षीय छोरा गोकुल थापाको मृत्यु भएको हो ।
सन्धिखर्क नगरपालिका१ रतलेमा शनिबार दिउँसो लु.३ त १८१८ नम्बरको ठक्करबाट गम्भीर घाइते भएका गोकुललाई जिल्ला अस्पताल सन्धिखर्क हुँदै थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठाइएको थियो । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment