ट्यूनिसिया बस दुर्घटनामा २२ को मृत्यु, कैयौँ घाइते

डिसी नेपाल
१५ मंसिर २०७६ १९:०१

ट्यूनिस । ट्यूनिसियामा स्वदेशी पर्यटक बोकेको बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आइतबार भएको उक्त घटनामा करिब दुई दर्जन व्यक्ति घाइते भएका छन् ।

ट्यूनिसियाको गृह मन्त्रालयले आइतबार दिएको जानकारीमा घटनाको पुष्टि गर्दै भनिएको छ, “ट्यूनिसियाको हिमाली ऐन स्नाउसी क्षेत्रमा करिब ४५ जना आन्तरिक पर्यटक बोकेर गएको बस सडकबाट चिप्लिएर एक खोलामा खस्दा २२ जनाको मृत्यु भएको छ भने करिब दुई दर्जन व्यक्ति घाइते भएका छन् ।”

देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या केही बढ्न सक्ने स्थानीय अस्पताल स्रोतले बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *