साग उद्घाटनका मनमोहक तस्वीर (फोटोपिचर)
काठमाडौं। दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा २० वर्षपछि फर्किँदा आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भव्य उद्घाटन भयो।

आइतबार साँझ पाँच बजेपछि शुरु भएको १३ औं सागको उद्घाटन समारोह भने निकै भव्य भयो। राष्ट्रपति विद्यादेवी भण्डारीले सागको भव्य उद्घाटन गरिन्। उद्घाटन् समारोहमा दिइएका प्रस्तुति र लाइटिंगको उत्कृष्ट एनिमेशनले उद्घाटनलाई भव्य बनायो।

खेलाडीहरुको मार्चपासका क्रममा बीचमा राखिएको इन्ट्रो नेपाली कलासंस्कृति झल्काउने थीममा प्रस्तुत गरिएको थियो। त्यसपछि जब ब्याण्डको प्रस्तुति भयो, लाइटिंग र ब्याण्डको बेजोड समिश्रण देखियो। नेपाली सेनाको ब्याण्डले नेपालको झण्डा आकृतिको प्रस्तुति दिएको थियो।

त्यसपछि शुरु भएको प्रस्तुतिमा करिब एक हजार कलाकारले नेपालका सात प्रदेशको कला संस्कृति झल्किने प्रस्तुतिमात्र दिएनन्, सागमा सहभागी भएका सातै देशको नक्सा र नाम आकृति तथा साथमा ती देशहरुको सांस्कृतिक झलक पनि प्रस्तुत गरियो।





तस्वीरहरु : रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment