धरानमा रोचक भिडन्त : मतान्तर बढाउँदै कांग्रेस
काठमाडौँ । धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा रोचक प्रतिस्पर्धा देखिएको छ।
सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली कांग्रेसका तिलक राईको अग्रता कायमै छ ।
कांग्रेसका राईले २० हजार ८९८ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले १९ हजार २७१ मत ल्याएका छन् । प्रकाशको मत कांग्रेसका उम्मेद्वार तिलकको भन्दा एक हजार ६ सय २७ मतले थोरै हो ।
यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो। काँग्रेसले लगातार अग्रता बढाएपछि काँग्रेस कार्यकर्ताहरु मतगणनास्थलमा नाचिरहेका छन्। ५५ हजार मत खसेको धरानमा करिब ३५ हजार मतगणना भइसकेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment