अस्पतालको शैय्याबाट जारी प्रधानमन्त्री ओलीको भिडियो सन्देशमा के छ? (भिडियोसहित)

डिसी नेपाल
१६ मंसिर २०७६ १६:५१

काठमाडौं। एपेन्डिसाइटिसको शल्यक्रियापछि एकहप्तादेखि अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो स्वास्थ्यबारे एक भिडियो सन्देश जारी गर्दै जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले २ मिनेट ६ सेकेण्डको सन्देश जारी गर्दै मेजर अप्रेशनपछि आफु ठिक हुँदै गएको बताएका छन्। उनले भनेका छन्, ‘मेजर अप्रेशनपछि म ठिक हुँदै गएको छु, तपाईँहरुले देखिहाल्नु भयो म बोल्न सक्ने, समाचारहरु पढ्न सक्ने भएको छु।’

उनले सोमबार १३ औं दक्षिण एशियाली खेलकूद (साग)को उद्घाटन सामारोह पनि आइप्याडमा हेरेको बताएका छन्। उनले साग उद्घाटन गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यावाद दिएका छन् भने, खेलाडीहरुलाई पनि शुभकामना दिएका छन्।

मंगलबार उपनिर्वाचनको अन्तिम परिणाम आएपनि सन्देशमा भने उनले यो विषयमा केही भनेका छैनन्। अन्य राजनीतिक विषयमा पनि प्रधानमन्त्री ओलीले केही बताएका छैनन्। उनले रोग सूचना दिएर नआउने भन्दै आफु पनि अकस्मात विरामी परेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *