भारतसँगको सीमा विवाद कुटनीतिक माध्यमबाट सुल्झाउनुपर्ने परराष्ट्रविद्हरुको सुझाव

डिसी नेपाल
१६ मंसिर २०७६ २२:१५

काठमाडौं। बिबादित बनेको नेपाल–भारत सीमा बारे छलफल गर्न कुटनीतिक माध्यम प्रयोग गर्न परराष्ट्रविदहरुले सुझाव दिएका छन् ।

काठमाडौँमा नीति अनुसन्धान प्रतिष्ठानले गरेको छलफल कार्यक्रममा परराष्ट्रविद्हरुले सीमा विवाद सुल्झाउन चरणबद्ध रुपमा कुटनीतिक तवरमा बार्ता गर्न सुझाव दिएका हुन्।

छलफलमा परराष्ट्र मामिलाका प्राध्यापक डा खड्ग केसी र पूर्व सचिव ज्ञानचन्द्र आचार्यले अहिले वार्ता गर्ने उपयुक्त समय भएकोले नेपालले सचिवस्तरमा बार्ता थाल्न पहल गर्नुपर्ने बताए। डा केसीले विवाद मिलाउन कुटनीतिक प्रणाली नै राम्रो विकल्प भएको बताए। वार्तालाई निष्कर्ष दिन मन्त्रिस्तरीय र प्रधानमन्त्रिस्तरीय वार्ता पनि आवश्यक पर्ने बताउँदै डा केसीले परराष्ट्र मन्त्रालयका सचिवस्तरीय वार्ता शुरु गर्न आग्रह गरे।

यस्तै पुर्व परराष्ट्र सचिव ज्ञान चन्द्र आचार्यले राजनीतिकस्तरमा संवादको थालनी उच्चस्तरमा गरिए पनि औपचारिक रुपमा वार्ताको थालनी सचिवस्तरमा नै गर्न आग्रह गरे। तर वार्तमा बस्नुअघि दस्तावेज र प्रमाणहरु संकलन गर्नुपर्ने उनले बताए।

छलफल कार्यक्रममा सहभागी भएका पुर्व सचिव मधुरमण आचार्यले भने सीमा सम्बन्धि बिबाद राजनीतिक रुपमा छलफल गरेर सहमति गरेपछि मात्र प्राविधिक र प्रशासनिक रुपमा वार्ता गर्नुपर्ने बताए। कुटनीतिक तवरले वार्ता थालियो भने मुद्दा ओझेलमा पर्ने तर्क गरे।

नीति अनुसन्धान प्रतिष्ठानले नेपाल र भारतबीच देखिएको विभिन्न क्षेत्रका सीमा विवादबारे स्थानीय जनता र जन प्रतिनिधिसहित बिज्ञहरु सँग छलफल गरेको छ। छलफलको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिइने प्रतिष्ठानले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *