विवाहका लागि श्रीरामले शिव धनुष तोडे, पाँच हजार मानिसले तानेर ल्याएका थिए धनुष
काठमाडौं। देवी सीताको विवाह स्वयंवर विधि विधान अनुसार भएको थिएन। महर्षि बाल्मीकिको रामायणमा यो विषयमा उल्लेख गरिएको छ। सीताका पिता जनकले जसले शिव धनुष भाँच्छन् यसैसँग सीताका विवाह गर्ने घोषणा गरेका थिए। धेरै राजा र युवराजले शिव धनुष भाँच्ने कोशिश गरे तर कसैले पनि भाँच्न सकेनन्।
रामायणका बालकाण्डको ६७ औं सर्गका अनुसार मुनि विश्वामित्र पनि राम–लक्ष्मणलाई लिएर जनकपुरमा धनुष देखाउन लगेका थिए। धनुषको आकारलाई हेर्ने वित्तिकै के अनुमान लगाउन सकिन्थ्यो भने त्यति धेरै राजा र राजकुमारले धनुष हल्लाउन किन सकेनन्?
रामायणका अनुसार यो धनुष विशालकाय फलामको सन्दुकभित्र राखिएको थियो। उक्त सन्दुकमा आठ वटा ठूला ठूला पांग्रा लगाइएको थियो। उक्त सन्दुसलाई पाँच हजार मानिसले ठेलेर ल्याएका थिए। उक्त धनुषको नाम पिनाक हो।
श्रीरामले सन्दुक खोलेर धनुषलाई हेरे र त्यसमा बाँड चढाए। बाँड चढाएर श्रीरामले धनुषलाई कानसम्म तान्दै गर्दा धनुष बीच मै भाँचियो।
यो विषयमा रामचरित मानसमा लेखिएको छ
लेत चढ़ावत खैंचत गाढ़ें।
काहुं न लखा देख सबु ठाढ़ें ।
तेहि छन राम मध्य धनु तोरा।
भरे भुवन धुनि घोर कठोरा ।।
(रामचरित मानस १/४६१/४)
तुलसीदासजी भन्छन्–रामले धनुष कहिले उठाए, कहिले बाँड चढाए, कहिले धनुषलाई ताने यी तीन काम यति चाँडो गरे की कसैले थाहा समेत पाएनन्। सबैले रामले धनुष तानेर उभिएको देखे। जब धनुष बिचमा भाँचियो तब, भयंकर कठोर ध्वनि आएको थियो।
शिव धनुष तोड्दा समेत श्रीरामले त्यसलाई सहज रुपमा लिए। सफलताको चरम सीमामा पुग्दासमेत विनम्र बन्नु सज्जनको गुण हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment