पुरुष भलिबल फाइनलः पहिलो सेटमा पाकिस्तानको जित

डिसी नेपाल
१७ मंसिर २०७६ १३:३०

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पुरुष भलिबल फाइनलमा पाकिस्तानले भारतमाथि पहिलो सेटमा जित निकालेको छ।

शुरुमा पछाडि परेको पाकिस्तानले उत्कृष्ट कमब्याक गर्दै पहिलो सेट जितेको हो। पाकिस्तानले भारतलाई २५ २० ले पहिलो सेटमा पाखा लगायो।

भारतले श्रीलंकालाई सेमिफाइलनमा पराजित गरेको थियो भने समूह चरणमा आयोजक नेपाल र बांगलादेशलाई पराजित गरेको थियो।

उता पाकिस्तानले सेमिफाइनलमा बांगलादेशलाई र समूह चरणमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो। हालसम्मको प्रदर्शन हेर्ने हो भने दुबै टिम बलिया देखिएका छन्। यी दुईबीचको खेलमा पूर्वानुमान गर्न गाह्रो छ। दुबै टिम फिजिकलमा पनि स्ट्रोंग छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *