पुरुष भलिबल फाइनलः भारतले जित्यो लगातार दुई सेट
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पुरुष भलिबल फाइनलमा भारतले लगातार दुई सेट जितेको छ। पहिलो सेटमा पराजित भएको भारतले पछिल्ला दुई सेट लगातार जितेको हो।
पाकिस्तानले भारतमाथि पहिलो सेटमा जित निकालेको छ। शुरुमा पछाडि परेको पाकिस्तानले उत्कृष्ट कमब्याक गर्दै पहिलो सेट जितेको हो।
पाकिस्तानले भारतलाई २५ २० ले पहिलो सेटमा पाखा लगायो। दोस्रो सेटमा भने भारतले उत्कृष्ट स्पाइकिंग गर्यो। जसको नतिजा भारतले दोस्रो सेट जित्यो। दुबै टिमले एक् एक सेट जितेपछि खेल रोमाञ्चक मोडमा पुगेको छ। दोस्रो सेटमा भारतले पाकिस्तानलाई २५ १५ले पाखा लगायो। तेस्रो सेटमा भारतले २५ १७ ले पाकिस्तानलाई पाखा लगायो।
भारतले श्रीलंकालाई सेमिफाइलनमा पराजित गरेको थियो भने समूह चरणमा आयोजक नेपाल र बांगलादेशलाई पराजित गरेको थियो। उता पाकिस्तानले सेमिफाइनलमा बांगलादेशलाई र समूह चरणमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो। हालसम्मको प्रदर्शन हेर्ने हो भने दुबै टिम बलिया देखिएका छन्। यी दुईबीचको खेलमा पूर्वानुमान गर्न गाह्रो छ। दुबै टिम फिजिकलमा पनि स्ट्रोंग छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment