पुरुष भलिबलमा पाकिस्तानलाई पाखा लगाउँदै भारतले जित्यो स्वर्ण

डिसी नेपाल
१७ मंसिर २०७६ १५:००

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पुरुष भलिबलमा भारतले स्वर्ण जितेको छ। फाइनलमा चिरप्रतिद्वन्दी पाकिस्तानलाई पाखा लगाउँदै भारतले स्वर्ण कब्जा गरेको हो। पहिलो सेट गुमाएको भारतले त्यसपछि लगाता। तीन सेटमा जित निकाल्दै स्वर्ण पदक जितेको हो। भारतले फाइनलमा पाकिस्तानलाई ३ १ को सेटमा पाखा लगायो।

पाकिस्तानले भारतमाथि पहिलो सेटमा जित निकालेको छ। शुरुमा पछाडि परेको पाकिस्तानले उत्कृष्ट कमब्याक गर्दै पहिलो सेट जितेको हो।

पाकिस्तानले भारतलाई २५ २० ले पहिलो सेटमा पाखा लगायो। दोस्रो सेटमा भने भारतले उत्कृष्ट स्पाइकिंग गर्यो। जसको नतिजा भारतले दोस्रो सेट जित्यो। दोस्रो सेटमा भारतले पाकिस्तानलाई २५ १५ले पाखा लगायो। तेस्रो सेटमा भारतले २५ १७ ले पाकिस्तानलाई पाखा लगायो। निकै रोमाञ्चक भएको चौथो सेट २९ स्कोरसम्म पुगेको थियो। भारतले चौथो सेटमा २९ २७ले पाकिस्तानलाई पाखा लगायो।

जितसँगै भारतले स्वर्ण पदक जित्दा पाकिस्तानले रजत पदकमा चित्त बुझायो।

भारतले श्रीलंकालाई सेमिफाइलनमा पराजित गरेको थियो भने समूह चरणमा आयोजक नेपाल र बांगलादेशलाई पराजित गरेको थियो।

उता पाकिस्तानले सेमिफाइनलमा बांगलादेशलाई र समूह चरणमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो। हालसम्मको प्रदर्शन हेर्ने हो भने दुबै टिम बलिया देखिएका छन्। यी दुईबीचको खेलमा पूर्वानुमान गर्न गाह्रो छ। दुबै टिम फिजिकलमा पनि स्ट्रोंग छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *