भुटानमाथि नेपालको ४-० को शानदार जीत, ३० फोटोमा हेर्नुहोस् रोमाञ्चक खेल

डिसी नेपाल
१७ मंसिर २०७६ १५:३३

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटानमाथि नेपालले ४-० को शानदार जीत हात पारेको छ । खेल सुरु भएको चौथो मिनेटमै अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्दै ४-० को जीत हार पारेको हो ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सुरुवाती दुई गोल कप्तान सुजल श्रेष्ठले र तेस्रो गोल अभिषेक रिजालले र चौथो गोल मिक्जेन तामाङले गरे । पहिलो गोल ४ मिनेटमा गरेका सुजलले दोस्रो गोल ५० मिनेटमा गरेका हुन् । यस्तै अभिषेकले ६५ औं मिनेटमा गोल गरे भने मिक्जेनले ७७ औं मिनेटमा गोल गरे । साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा हुने खेलमा सबै टिम एक अर्कासँग खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *