तीज गीत ‘हिरो’सार्वजनिक, पुश्कल शर्मा हिरो बन्दा अनु शाह बनिन् हिरोइन

डिसी नेपाल
१९ साउन २०७५ ३:५३

काठमाडौँ । लोकप्रिय गायक पुश्कल शर्माको स्वरसंगै अभिनयमा ‘हिरो’बोलको तीज गीत सार्वजनिक भएको छ । पुश्कलकै शब्दरसंगीत रहेको गीतको भिडियो उनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा पुश्कललाई महिला आवाजमा देवी घर्तिले साथ दिएकी छिन् । प्रायः आफ्ना गीतमा आफै अभिनय गर्दै आएका पुश्कलले यो गीतमा पनि त्यसलाई निरन्तरता दिएका छन् । भिडियोमा पुश्कलसंगै अनु शाह, यादव देवकोटा ९सरापे०, मनिष खडका लगायतलाई फिचरिङ गरिएको छ ।

भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन । सांगीतिक क्षेत्रमा आफ्नो छुटटै पहिचान स्थापित गरेका पुश्कलका प्राय गीत स्रोता तथा दर्शकको मनमा बस्न सफल भएका छन् । वर्षमा एउटा मात्र तर स्तरीय तीज गीत ल्याउने पुश्ककले यस गीतले स्रोता र दर्शकको मन जित्ने बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *