बलिउड अभिनेत्री नेहा शर्माको हट फोटोसुट, हेर्नुहोस् ७ तस्वीर

डिसी नेपाल
२९ साउन २०७५ १५:०१

मुम्बइ। बलिउड अभिनेत्री नेहा शर्माले हालै चर्चित म्यागजिन म्याक्सिम इण्डियाको लागि निकै बोल्ड फोटोसुट गराएकी छिन् । उनको फोटोसुटका तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । नेहा म्याक्सिको अगष्ट अंकको कभर गर्ल बनेकी हुन् ।

नेहाको जन्म बिहारको भागलपुरमा २१ नोभेम्बर १९८७ मा भएको थियो । बलिउड आउनुभन्दा अगाडि उनले २००७ मा तेलुगु फिल्म चिरुथामा काम गरेकी थिइन् । अहिले भने नेहा आगामी फिल्म हेराफेरी ३ को सुटिङको प्रतिक्षामा छिन् । नेहाको पछिल्लो फिल्म मुबारकां थियो । यो फिल्ममा उनी अनिल कपुर र अर्जुन कपुरसँग देखिएकी थिइन् ।

नेहा २०१० मा इमरान हाशमीसँग फिल्म क्रुकमा देखिएकी थिइन् । यो उनको बलिउड डेब्यू फिल्म थियो । नेहा फोटोसुटमा निकै बोल्ड देखिएकी छिन् । नेहा सामाजिक संजालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा उनका ४८ लाखभन्दा धेरै फलोअर छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *