यसकारण रिलिज भएको ४० वर्षपछि मात्र पाकिस्तानमा प्रदर्शन भएको थियो ‘शोले’

डिसी नेपाल
२९ साउन २०७५ १४:५५

एजेन्सी। अमिताभ बच्चन र धर्मेन्द्र स्टारर चलचित्र शोले बलिउड चलचित्रको एक यस्तो आकनिक चलचित्र हो। जसलाई सायदै कसैले बिर्सन सक्छ।

रमेश सिप्पीको निर्देशनमा बनेको शोले चलचित्र १९७५ को अगस्ट १५ मा रिलिज भएको थियो। यस चलचित्रमा प्रयोग भएका डाइलगहरु अझै पनि मानिसहरुमा उतिकै लोकप्रिय छन्।

तर यस चलचित्रलाई लिएर हालै एक नयाँ कुरा खुल्न आएको छ। शोले चलचित्र भारतमा रिलिज भएपछि धेरै वर्षपछि मात्रै पाकिस्तानमा रिलिज भएको थियो। भारतमा १९७५ अगस्ट १५ मा रिलिज भएको यो चलचित्र पाकिस्तानमा भने ४० वर्षपछि मात्रै २००२ मा रिलिज गरिएको थियो।

खासगरी १९६५ को युद्धपछि पाकिस्तानले भारतीय चलचित्रलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको थियो।

पाकिस्तानमा ४० वर्षपछि रिलिज भएर पनि यो चलचित्रले राम्रो व्यापार गर्न सफल भएको थियो। चलचित्रले एक हप्तामै करीब २८ लाखभन्दा बढी कमाएको थियो। भारतमा यस फिल्मले धेरै रेकर्डहरु बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *