क्यान्सरसँग जुधिरहेकी सोनालीको पछिल्लो फोटो भाइरल, भावुक बनिन् ऋतिककी पूर्वपत्नी

डिसी नेपाल
२९ साउन २०७५ १५:००

एजेन्सी। बलिउड अभिनेत्री सोनाली बेन्द्रे पछिल्लो समय मेटास्टेटिक क्यान्सरसँग जुधिरहेकी छिन्। उनले अहिले न्यूयोर्कमा यसको उपचार गराइरहेकी छिन्।

फ्रेण्डशिप डेका दिन उनले साथीहरु सुजैन खान र गायत्री जोशीसँगको फोटो शेयर गर्दै उनीहरुलाई आफ्नो जीवनको महत्वपूर्ण हिस्सा भएको बताएकी थिइन्। त्यो फोटोमा सोनाली पहिलो पटक सबै कपाल झरिसकेपछिको अवस्थामा देखिएकी थिइन्।

अब सोनालीकी बेस्ट फ्रेण्ड र ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले सोनालीसँगका केही फोटोहरु सार्वजनिक गरेकी छिन् । फोटोसँग उनले भावुक सन्देश लेखेकी छिन्।

यी तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेको छ। सुजैनले लेखेकी छिन् ‘मलाई थाहा छ जिन्दगीले जति तुफान ल्याए पनि हामी एक अर्काको हात समातेर किनारासम्म पुग्न सक्छौं । प्रश्नले भरिएको यो संसारमा यिनीसँग मेरा सबै प्रश्नको जवाफ होला। म निश्चित रुपमा भन्न सक्छु कि भविष्य निकै सुन्दर हुनेछ किनकि त्यो भविष्य म तिमीसँग साझा गर्नेछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *