बिहेका कारण अर्जुन कपुर चर्चामा, बिहेबारे गरे ठूलो खुलासा

डिसी नेपाल
३१ साउन २०७५ ९:५१

मुम्बइ। बलिउड अभिनेता अजुन कपुर पछिल्लो समय चर्चामा छन् । बोनी कपुर र उनकी प्रथम पत्नी मोना कपुरका छोरा अर्जुन यसपटक कुनै फिल्मका कारण नभइ आफ्नो बिहेका कारण चर्चामा छन् । अर्जुन कपुरको फ्यान फलोइङ पनि राम्रो छ । हालै अर्जुन कपुरले आफ्नो बिहेको योजनाबारे ठूलो खुलासा गरेका छन् । उनको यो योजनाबारे थाहा पाउँदा तपाइँ चकित पर्नुहुनेछ ।

मिडिया रिपोर्टका अनुसार अर्जुन कपुरले भनेका छन् कि जब अनिल कपुरकी छोरी रिया र अर्जुनकी बहिनी अंशुलाको बिहे हुँदैन तबसम्म अर्जुनले बिहे गर्ने छैनन् । यी दुईको बिहे हुन जति समय लागे पनि यी दुईको बिहेपछि मात्रै आफूले बिहे गर्ने अर्जुनले बताएका छन् । अहिले अर्जुन आफ्नो फिल्म नमस्ते इङल्याण्डको प्रतिक्षामा छन् । यो फिल्ममा अर्जुनसँग परिणिती चोपडा छिन् । परिणिती र अर्जुनले सँगसँगै इशकजादे फिल्मबाट डेब्यू गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *