जोनको ‘सत्यमेव जयते’लाई पछार्दै अक्षयको ‘गोल्ड’ले मच्चायो बक्स अफिसमा धमाका

डिसी नेपाल
३१ साउन २०७५ १२:५६

मुम्बई, भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रदर्शनमा आएको अक्षय कुमार अभिनित फिल्म ‘गोल्ड’ले बलिउड बक्स अफिसमा तहल्का मच्चाएको छ । ‘गोल्ड’सँगै प्रदर्शनमा आएको जोन अब्राहिम अभिनित ‘सत्यमेव जयते’लाई पछाडि पारेको छ ।

ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार ‘सत्यमेव जयते’ले ‘गोल्ड’ भन्दा छ करोड भन्दा कम कमाएको छ । यसरी हेर्दा ‘गोल्ड’ अहिलेसम्मकै सबैभन्दा धेरै सुरुवाती कलेक्शन गर्ने फिल्म बनेको छ । यतिमात्र नभएर ‘गोल्ड’ २०१८ को तेस्रो सबैभन्दा धेरै सुरुवाती कलेक्शन गर्ने फिल्म बनेको छ ।

आदर्शको ट्वीटअनुसार गोल्डले पहिलो दिन २५.२५ करोड कमाइ गरेको थियो । यसैगरी सोही दिन प्रदर्शनमा आएको ‘सत्यमेव जयते’ले २०.५२ करोड कमाइ गरेको थियो । अभिनेता जोनको पनि यस फिल्म सबैभन्दा धरै सुरुवाती कमाइ गर्ने फिल्म भएको छ । यस फिल्म सुरुवाती कमाइ गर्नेमध्ये पाँचौं स्थानमा छ । यी दुबै फिल्मलाई १५ अगस्त अर्थात् भारतीय स्वतन्त्रता दिवसको मौका परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *