मलाइकासँग छुटेपछि गर्लफ्रेण्डसँग बिहे गर्दै अरबाज, यी हुन् गर्लफ्रेण्ड जर्जिया

डिसी नेपाल
३१ साउन २०७५ १३:१७

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानका भाइ अरबाज खान कथित गर्लफ्रेण्ड जर्जिया एन्ड्रियानीका विषयमा लामो समयदेखि चर्चामा छन्।

अरबाज र जर्जियालाई अक्सर फिल्मी पार्टीमा र छुट्टि मनाइरहेको देखिएको छ । यो जोडी पछिल्लो समय सधैंजसो सँगसँगै देखिएको छ । अब अरबाज र जर्जियाको विषयमा ठूलो खबर आएको छ । भारतीय मिडियाका अनुसार पूर्वपत्नी अलाइकासँग छुट्टिएपछि अरबाज अब जर्जियासँग बिहे गर्ने तयारीमा छन् ।

परिवारले पनि यी दुईको बिहेको घोषणा छिट्टै गर्न सक्ने दावी गरिएको छ । उनीहरुको बिहे कहिले हुने भन्नेबारे भने कुनै खुलासा भएको छैन । अरबाज र जर्जियाले समेत यस विषयमा आधिकारिक रुपमा केही भनेका छैनन् । यी दुईले त आफूहरुको सम्बन्ध भएको समेत औपचारिक रुपमा स्वीकार गरेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *