पाँच वर्ष पहिला १५ करोडमा किनिएकाे थियो पेन्टिङ, पछि भयो सनसनीपूर्ण खुलासा

डिसी नेपाल
३१ साउन २०७५ १४:३५

एजेन्सी। चर्चित कलाकार सर विलियम निकलसनको एक पेन्टिङ १५ करोड रुपैयाँमा किनेको पाँच वर्षपछि तस्विरको वास्तविकतामाथि प्रश्न खडा भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार एक विशेषज्ञले तस्वीर वास्तविकतमाथि प्रश्न उठाएका हुन्। यो पेन्टिङ एउटा शिशाको जगमा नशपातीको कला देखाइएको छ।

यो पेन्टिङ किन्नेको भनाइ अनुसार उनले जब यो यो पेन्टिङ किनेका थिए त्यतिबेला यो असली भएकोमा कुनै शंका थिएन। र तस्वीर देख्ने वित्तिकै किनेका थिए। तर २०११ मा जन उनले सर निकलसनका सबै पेन्टिङको सूची हेरे तब, आफूले किनेको पेन्टिङ उक्त सूचीमा काँही पनि देखेनन्। त्यसपछि उनलाई आफूले किनेको पेन्टिङ नक्कली भएको सक्कली भएकोमा शंका लाग्यो। यो पेन्टिङको निकै जाँच भएपछि पेन्टिङ नक्कली हुन सक्ने संभावना बढेर गएको छ।

एक मिडिया रिर्पोटका अनुसार पेन्टिङ किन्नेले आफूमाथि अन्याय भएको दाबी गरेका छन् भने एगजीबिशनका प्रयोगकर्ता फिओना ब्रुसले भने, ‘म आफैं कि यो पेन्टिङलाई लिएर यत्रो खुलासा भयो। मलाइ त अझै पनि यकीन भएको छैन कि यो पेन्टिङ सर निकलसनको होइन।’ यद्यपी विशेषज्ञहरुले भने यो पेन्टिङ सक्कली नै भएको र त्यसलाई पुष्टि गर्ने आधार पनि भएको बताएका छन्।

उनीहरुले यो पेन्टिङ निकलसनको पेन्टिङ किटबाटै बनाइएको र उक्त किट उनको नातिको घरमा भएको बताएका छन्। यसका वावजुद एक विशेषज्ञ पेट्रिशिया रीडलाई भने तस्वीर सक्कली भएको कुरामा विश्वास भएको थिएन। निकलसनले नै यो पेन्टिङ भएको भन्ने कुनै ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन। अर्का विशेषज्ञले भने निकलसनका कुनै छात्राले सिक्ने क्रममा यो पेन्टिङ बनाएको हुन सक्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *