भंसालीले मिलाए जोडी, पहिलोपटक सलमान र दीपिका एउटै फिल्ममा काम गर्दै

डिसी नेपाल
१ भदौ २०७५ १०:३७

मुम्बइ। बलिउड इतिहासमै पहिलोपटक दुई सुपरस्टारहरु सलमान खान र दीपिका पादुकोण एउटै फिल्ममा देखिने भएका छन् । यो दुर्लभ संयोग चर्चित निर्देशक संजय लीला भंसालीले मिलाउन लागेको खबर छ । भंसालीको आगामी फिल्म ‘इंशाअल्लाह’मा सलमान र दीपिका मुख्य भूमिकामा हुने बताइएको छ ।

पछिल्लो जानकारीअनुसार भंसाली अहिले यो फिल्मको स्क्रिप्टमा काम गर्दैछन् । स्क्रिप्ट पूरा भएपछि उनले फिल्मको स्टारकास्ट घोषणा गर्ने बताइएको छ । ‘इंशाअल्लाह’ फिल्मको प्रस्तावित नाम हो । २०१९ मा सुरु हुने यो फिल्मको विषयमा सलमानले रेस ३ को प्रमोसनका बेलामा नै आफू फिल्ममा भएको खुलाएका थिए । यद्यपि निर्माण पक्षले यसको आधिकारिक घोषणा गरेको छैन ।

दीपिका पनि यो फिल्मको लागि तयार भएको स्रोत बताउँछ । दीपिका र भंसालबिीचको सम्बनध पनि राम्रो रहेको र हालै दीपिकाले भंसालीकै निर्देशनमा पद्मावत गरेकोले यो फिल्ममा पनि दीपिका हुने बताइएको छ । दीपिकाले अहिलेसम्म सलमानसँग काम गरेकी छैनन् । उनलाई किक र सुल्तान अफर गरिएको भए पनि उनले यी फिल्ममा काम गर्न सकिनन् । पद्मावतपछि कुनै पनि फिल्म साइन नगरेकी दीपिका यो फिल्ममा हुने निश्चित जस्तै भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *