२० वर्षपछि एकसाथ शाहरुख खान र मनीषा कोइराला

डिसी नेपाल
१ भदौ २०७५ ११:२१

मुम्बई, भदौ १, अभिनेत्री मनीषा कोइराला र शाहरुख खान २० वर्षपछि एक साथ देखिएका छन् । मनीषा कोइरालाको ४८ औं जन्मदिनको पार्टीमा यी दुई एकसाथ देखिएका हुन् ।

बिहीबार अर्थात् १६ अगस्तमा मनीषाले ४८ औं जन्मदिन मनाइन् । मनीषाको जन्मदिनमा बलिउडका स्टारहरुको सहभागीता रहेको थियो । यस पार्टीमा रेखा र मान्यता दत्तका अलावा बाँकी मनीषाका नजिकका आफन्तको सहभागीता रहेको थियो । पार्टीका धेरै फोटा र भिडियोहरु सामासजिक सञ्जालमा भाइरल भएका थिए जसमा शाहरुख खान र मनीषा एक साथ देखिन्थे ।

तस्वीरमा शाहरुखले मनीषालाई केक खुवाउँदै बधाई दिएको देखिन्थ्यो । यसैगरी पार्टीको एक भिडियो पनि सोसल मिडियामा भाइरल भएको थियो ।

तपाईंलाई स्मरण होस् कि, मनीषा र शाहरुखले २ फिल्ममा एक साथ काम गरेका छन् । यी दुबै फिल्मले बलिउडमा राम्रै कमाइ गरेको थियो । मनीषा पछिल्लोपटक राजकुमार हिरानीको फिल्म ‘सञ्जु’मा देखिएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *