पल शाह र पूजा शर्माको जोडी फेरि पनि पर्दामा देखिदै

डिसी नेपाल
१ भदौ २०७५ १४:१९

काठमाण्डौ । नायक पल शाह र नायिका पूजा शर्मा फेरी सगै पर्दामा देखिने भएका छन् । ‘म यस्तो गीत गाउँछु’मा यी जोडीलाई दर्शकले अत्यधिक रुचाएका थिए ।

खबरका अनुसार निर्देशक सुदर्शन थापाले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर नयाँ चलचित्र निर्माण गर्दैछन् । उनले यसअघि नै पूजा र पलको जोडीलाई पुनः ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा दोर्होयाउने घोषणा गरेका थिए ।

तर, फिल्मको नाम ‘म यस्तो गीत गाउछु २’ नभएर नयाँ हुनेछ । दशैंपछि छायांकनका लागि जान लागेको यो फिल्ममा पल भने अनुबन्ध भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *