अत्यन्तै महंगो छ प्रियंका चोपडाको इंगेजमेन्टको औंठी, मूल्य थाहा पाउँदा उड्नेछ होस

डिसी नेपाल
१ भदौ २०७५ १५:३७

मुम्बइ। प्रियंका चोपडाले आफ्नो इंगेजमेन्टको पार्टी १८ अगष्टमा दिने भएकी छिन् । यही बीचमा प्रियंका डिजाइनर मनिष मल्होत्राको पार्टीमा पुगेकी छिन्।

यहाँ सबैको आँखा प्रियंकाको अँैंठीमा अडिए । यो प्रियंकाको इंगेजमेन्ट रिंग भएको बताइएको छ जो उनलाई निक जोनसले लगाइदिएका हुन् । रिपोर्टका अनुसार प्रियंकाको यो औंठीको मूल्य करोडौं पर्छ।

पार्टीमा बलिउडका धेरै हस्तीहरु थिए तर सबैभन्दा हंगामा प्रियंकाले रविना टंडनसँग खिचेको फोटोले हंगामा मच्चायो। यो फोटोमा प्रियंकाले रविनाको काँधमा हात राखेकी थिइन् र त्यो हातमा उनको औंठी प्रस्ट देखिएको थियो।

बलिउड लाइफको रिपोर्ट अनुसार एक हलिउड रिपोर्टरले हिराका विशेषज्ञ ग्रेंट मोबलेसँग यस विषयमा कुरा गरेका थिए। मोबलेले यो औंठीको मुल्य ३ लाख डलर पर्ने बताए जसको मुल्य नेपाली रुपैयाँ ३ करोड ३५ लाख पर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *