अटल बिहारी वाजपाई हेमा मालिनका फ्यान थिए , २५ पटकसम्म हेरे एउटै फिल्म

डिसी नेपाल
१ भदौ २०७५ १६:०३

एजेन्सी। भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेइको शुक्रबार अन्त्येस्टी भएको छ । निधनपछि उनका विभिन्न रुचीबारे भारतीय सञ्चारमाध्यमले समाचारहरु प्रकाशित गरिरहेका छन् ।

भारतमा राजनीति भन्दा पहिला क्रिकेट र बलिउडलाई लिने गरिन्छ । बलिउडको त्यो क्रेजबाट वाजपेयी पनि अछुतो रहन सकेका थिएनन् । उनी खासी गरि पुराना हिन्दी सिनेमाका फ्यान रहेको जनाइएको छ । बलिउड सिनेमाका फ्यान त थिए नै आजीवन अबिबाहित रहेका उनी स्टार अभिनेत्री हेमा मालिनीका ठूला फ्यान थिए । ७० को दशकमा आएको हेमा मालिनीको डबल रोल सिनेनामा ‘सिता गिता’ उनले २५ पटकसम्म हेरेको वाजपायीका निकटवर्तीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्यान भए पनि उनले पहिलो पटक हेमा मालिनीलाई भेट्दा भने शर्माएर शिर निहुराएको बताइएको छ । खासमा अन्तर्मुखी स्वभावका वाजपेयी लजालु पनि थिए । हिन्दी सिनेमा यतीसम्म शौखिन थिए वाजपेयी चुनाव हारेपछि सिनेमा हेर्न जान्थे । उनी हारको समिक्षाभन्दा पहिला सिनेमा हेरेर मनलाई शान्त पार्थे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *