यि हुन् प्रियंका चोपडा र प्रियंका कार्कीबीचको समानता !

डिसी नेपाल
२ भदौ २०७५ १०:४३

बलिउडकी सर्वाधिक डिमाण्डेड अभिनेत्री हुन् प्रियंका चोपडा । यता नेपाली फिल्मकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् प्रियंका कार्की । यी दुई अभिनेत्रीबीच धेरै कुरामा समानता छ ।

दुवैको नाम मिल्छ । दुवै अभिनयमा अब्बल छन् । उचाई उस्तै छ । फिगर पनि लगभग मिल्छ । उमेरमा पनि धेरै वर्षको अन्तर छैन । यति मात्र होइन, दुवै प्रियंका अहिले प्रेममा छन् ।

अमेरिकी गायक निक जोनससँग अभिनेत्री चोपडा डेट गरिरहेकी छिन् भने अभिनेता आयुष्मान देशराज जोशीसँगको प्रेममा करिब २ वर्षपछि अभिनेत्री कार्की रमाइरहेकी छन् ।

रोचक कुरा त दुवै अभिनेत्रीले हालै मात्र इन्गेजमेन्ट गरे । निकले प्रियंका चोपडालाई २ करोडको औँठी पहिराए भने आयुष्मानले प्रेमिका प्रियंका कार्कीसँग दुईपटक इन्गेजमेन्ट गरे ।

आफूभन्दा कम उमेरका प्रेमीसँग अभिनेत्रीद्वय अब चाँडै विवाह गर्ने तयारीमा छन् । प्रियंका चोपडा इन्गेजमेन्टको कुरामा मौन रहेपनि प्रियंका कार्कीले भने अर्को वर्ष बिहे गर्ने प्लान बनाएको बताएकी छन् ।

बुधवार फिल्म ‘दाल भात तरकारी’ को घोषणा सभामा आफूलाई बधाई दिने सम्पूर्णलाई उनले धन्यवाद दिइन् । उता बलिउड अभिनेत्री प्रियंकाले इन्गेजमेन्टको कुरा लुकाउन खोजे पनि हातको औँलामा टल्किएको औँठी भने बोलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *