हलिउड फिल्मको रिमेकमा आमिर खान !

डिसी नेपाल
२ भदौ २०७५ ११:५७

मुम्बइ। ठग्स अफ हिन्दोस्तानपछि आमिर खानले कुन फिल्म गर्लान् भन्ने विषय अहिले बलिउडमा चर्चामा छ । यसअघि आमिर खानले महाभारत सुरु गर्ने चर्चा थियो । उनले अहिले महाभारत पढिरहेको दावीसमेत गरिएको थियो । त्यसपछि अर्को चर्चा सुरु भयो । दोस्रो चर्चाअनुसार आमिरले ‘कपुर एण्ड सन्स’ निर्देशक शकुन बत्राको फिल्ममा आचार्य रजनीश (ओशो)को भूमिकामा देखिने कुरा थियो ।

पछिल्लो समय भने नयाँ खुलासा भएको छ । पछिल्लो खुलासाअनुसार आमिर एक हलिउड फिल्मको रिमेकमा काम गर्नेछन् । जानकारी अनुसार आमिरले शकुन बत्राको ओशोको विषयमा बन्ने फिल्म केही समय पर सारेका छन् । यसको टिमले आमिरको सल्लाहपछि फिल्मको स्क्रिप्टमा केही सुधार गर्न लागेको बताइएको छ । आमिरलाई फिल्मको कथाको केही भाग उचित नलागेपछि उनले यसलाई परिवर्तन गर्न सल्लाह दिएका थिए ।

आमिरले पछिल्लो समय हलिउड फिल्मको हिन्दी रिमेकमा चासो दिइरहेको बताइएको छ । आमिर आफ्नो प्रोजेक्टको बारेमा त्यतिबेलासम्म कुरा गर्दैनन् जबसम्म पूरै कुरा फाइनल हुँदैन । त्यसैले यो फिल्मको नाम सार्वजनिक भइसकेको छैन । सबथोक फाइनल भएपछि नाम घोषणा गरिनेछ । अहिले आमिरको टिम फिल्मको अधिकार लिने विषयमा छलफल गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *