चलचित्र ‘ब्ल्याक’ हेर्न ओइरिए दर्शक (भिडियोसहित)

डिसी नेपाल
३ भदौ २०७५ ०:२६

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको प्रदिप श्रेष्ठ निर्देशित चलचित्र ‘ब्ल्याक’लाई दर्शकले रुचाएका छन् ।

शनिबार कलाकार आँचल शर्मा, आकाश श्रेष्ठ तथा आयुष रिजाल सहितको निर्माण टिम राजधानीका विभिन्न हलमा पुगेको थियो। जहाँ चलचित्र हेर्न दर्शकको ओइरो लागेको थियो । अभिनेता आकाश श्रेष्ठसँग रोमान्स गरेकी आँचलप्रति दर्शकको निकै क्रेज देखियो । त्यस्तै आकाश र आयूषको क्रेज पनि कम देखिएन् । उनिहरुसंग उपस्थित दर्शकले तस्वीर मात्रै खिचाएनन् सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया पनि दिएका थिए।

अभिनेत्री आँचलले चारवटा चलचित्र एकै पटक लाग्दा पनि दर्शकले सबै चलचित्रलाई माया गरिदिएकोमा खुसी व्यक्त गरिन्। उनले चलचित्रमा आफूले न्याय दिन सकेको जस्तो लागेको आँचलको भनाइ छ।

त्यस्तै, अभिनेता आकाशले आफूहरुले जुन भिन्न सोंचका साथ काम गरिएको थियो त्यही अनुसार दर्शकको पनि भिन्नै माया पाएकोमा खुसी व्यक्त गरे। उनले यो सबै टिमको मिहिनेतले नै सम्भव भएको प्रतिक्रिया दिए।

चलचित्रले लागुऔषध कारोवार गर्नेहरुको कथा बोलेको छ । संगै चलचित्रमा आकाश र आँचलबीचको प्रेममा आउने उतारचढावलाई देखाईएको छ। चलचित्रमा आकाश र आँचल, आयुष रिजालका साथमा सुशील क्षेत्री, धिरेन शाक्यको मुख्य अभिनय रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *