आज शक्रबार, कस्तो छ तपाईंको दिन? हेर्नुहोस राशिफल

डिसी नेपाल
१४ भदौ २०७५ ६:१८

आज मिति २०७६ साल भदौ १३ गते । तदनुसार सन् २०१९ अगस्ट ३० तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन। वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, औंसी, १६ः२१ उप्रान्त प्रतिपदा। शुक्रबार।

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अस्वस्थताले काममा खट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *