निकको जुत्ता चोरेर कति पैसा माग्दैछिन् परिणिती ? आफैंले खोलिन् पूरै प्लान

डिसी नेपाल
५ भदौ २०७५ १३:२६

मुम्बइ। प्रियंका चोपडा र निक जोनसको बिहेको तयारी अन्तिम चरणमा छ । यी दुइले हालै इंगेजमेन्टको घोषणा गर्दै रोका सेरेमनी पनि गरेका छन् । बिहेको मिति अहिलेसम्म सार्वजनिक भइसकेको छैन।

यद्यपि दुवै परिवारले बिहेको तयारी सुरु गरिसकेका छन् । बिहेको तयारी चलिरहँदा प्रियंकाकी बहिनी परिणिती चोपडा निकै उत्साहित देखिएकी छिन्।

परिणितीले बिहेमा हुनेवाला भिनाजु निक जोनसको जुत्ता चोर्ने योजना बनाइसकेकी छिन् । सामाजिक संजालमा परिणितीसँग एक प्रयोगकर्ताले के उनले निकको जुत्ता चोर्दैछिन् भनेर सोधेका थिए । यसको जवाफमा परिणितीले लेखेकी छिन् ‘हो पक्का। मैले त अहिलेदेखि नै भिनाजुसँग पैसाको सेटिङ गरिसकेकी छु र दिदी यसको साक्षी छिन् ।’

निक आफ्ना मातापितासँग सोमबार अमेरिका फर्किएका छन् । प्रियंका भने अहिले मुम्बइमै छिन्। उनले फिल्म द स्काइ इज पिंकको सुटिङ पूरा गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *