‘रोज’ प्रमोशनका लागि यी आठ सहरमा पुग्दैछन् प्रदीप

डिसी नेपाल
५ भदौ २०७५ १४:४३

काठमाडौं ।आउँदो २२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रोज’ले देश दौडाहा कार्यक्रमको घोषणा गरेको छ ।

‘रोजी’ बाट केही दिन अघिमात्रै ‘रोज’ मा परिणत भएको चलचित्र यूनिटले देशको आठ सहरहरुमा कन्सर्ट र प्रेसमिट गर्दै चलचित्र प्रमोसन गर्नेछ । देश दौडाहामा अभिनेता प्रदीप खड्का र नेपाल आइडल फेम्ड प्रताप दास सहभागी हुनेछन् ।

भदौ १४ गते पोखराबाट सुरु हुने प्रमोशन यात्रा १५ गते औद्योगिक नगरी बुटवल हुदैँ, १६ गते नारायणगढ, १७ गते इटहरी र धरान, १८ गते दमक र बिर्तामोड र २० गते राजधानी काठमाडौंमा हुनेछ । क्राइम थ्रिलर ड्रामामा निर्माण भएको ‘रोज’लाई नीरक पौडेलले निर्देशन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *