करोडपति करीना र करिश्मा : यति सानो चीजका लागि गर्छन् झगडा

डिसी नेपाल
५ भदौ २०७५ १४:४४

एजेन्सी । दुई दिदीबहिनीको झगडा सामान्य कुरा हो, तर जब कलाकारका दिदीबहिनी झगडा गर्छन भने त्यो धेरैको चासोको विषय बन्ने गर्दछ।

यस्तै झगडाको विषय छ बलिउडका दुई अभिनेत्री करिना कपुर र करिश्मा कपुरको। यी दुई अभिनेत्री दिदीबहिनी हुन्। तपाईहरुले यी दुई दिदीबहिनीमा निकै प्रेम देख्नुहुन्छ होला, तर यिनीहरुबीच सानो सानो चीजका लागि पनि झगडा हुने गर्दछ। भन्ने गरिन्छ, जहाँ प्रेम हुन्छ, त्यहाँ झगडा पनि। यस्तै करिना र करिश्माका बीचमा पनि हुने गर्दछ।

करिश्मा आफ्नो बच्चालाई एक साधारण आमाबाबुका बच्चा जस्तै सोच्ने गर्दछिन् र उनी आफ्ना बच्चालाई सधै मिडियादेखि टाडै राख्ने गर्दछिन्। तर करिनाको कुरा गर्ने हो भने उनी निकै खुल्ला विचारकी छिन्। उनी आफ्नो छोरा तैमुरलाई मिडियाबाट बचाउदिनन्। जुन दिनदेखि तैमुर जन्मिए, त्यो दिनदेखि मिडियाको हेडलाइन बनेका छन्। यस कुरालाई लिएर करिना र करिशबीच झगडा हुने गर्दछ। अब भने करिश्मालाई यो कुराको आभाव भएको छ की उनी तैमुरलाई मिडियाबाट बचाएर राख्ने प्रयासमा छिन्।

त्यसबाहेक यी दुई दिदीबहिनीको झगडा जिन्स कपडामा पनि हुने गर्दछ। करिश्माले यो कुरा एक शोमा खुलासा गरेकी थिइन्। उनले दुबै दिदीबहिनीको नजर एक अर्काको जिन्समा हुने गर्दछ। उनले भनेकी छिन्, हामी दुबैलाई एकअर्काको जिन्स मन पर्ने गर्दछ। दुबै एक अर्काको जिन्सका लागि झगडा गर्ने गर्दछौँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *