नेपाली फिल्म खेल्दै सनी लियोनी, अनुप बिक्रम शाहीले सनीसँग रोमान्स गर्ने

डिसी नेपाल
६ भदौ २०७५ १३:४८

काठमाडौं। पोर्नस्टार हुँदै बलिउडकी चर्चित हिरोइन बनेकी सनी लियोनी अब नेपाली फिल्म खेल्ने भएकी छिन्। फिल्म बलिउड र नेपाली फिल्म उद्योगका लगानीकर्ताको साझा लगानीमा बन्ने बताइएको छ । बिक्रम जोशीको निर्देशनमा बन्न लागेको फिल्ममा केही नेपाली कलाकारहरु समेत हुनेछन्।

फिल्ममा नेपाली कलाकारहरु अनुप बिक्रम शाही, छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको फिल्ममा महत्वपूर्ण भूमिका हुनेछ । फिल्मको सुटिङ लण्डनमा हुने बताइएको छ। यो फिल्मका लागि सनीले ठूलो पारिश्रमिक लिएको बताइए पनि उनको पारिश्रमिक भने खुलेको छैन । केही दिनमै फिल्मको सुटिङ सुरु हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *