इरफानका फ्यानलाई लण्डनबाट आयो खुसीको खबर !

डिसी नेपाल
६ भदौ २०७५ १४:५०

एजेन्सी। बलिउड अभिनेता इरफान खान अहिले न्यूरो इन्डोक्राइन ट्युमरको उपचारका क्रममा लण्डनमा छन् । पछिल्लो समय इरफानका फ्यानहरुको लागि लण्डनबाट खुसीको खबरब आएको छ । खबरअनुसार इरफानको स्वास्थ्यमा धेरै सुधार भएको छ र उनले भारत फर्केर नयाँ फिल्मको सुटिङ सुरु गर्नेछन् । इरफानको आगामी फिल्मसमेत निश्च्ति भइसकेको बताइएको छ ।

‘बलिउड लाइफ’को समाचारअनुसार इरफानले अब ‘हिन्दी मिडियम’ फिल्मको सिक्वेलमा मुख्य भूमिका निभाउँदैछन् । इरफानले आगामी फिल्मसमेत साइन गर्न लागेको हुँदा उनको स्वास्थ्य निकै सुधार भइसकेको अनुमान गरिएको छ । समाचारमा इरफान छिट्टै भारत फर्कने जनाइएको छ । केही दिनअघि मात्र इरफानले छैटौं किमो गराएका थिए र यसपछि मात्र स्वास्थ्य कस्तो छ भन्ने थाहा हुने बताएका थिए । छैटौं किमोपछिको नतिजा सकारात्मक भएकोले इरफानले अर्को फिल्म साइन गरेको अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *