‘रामकहानी’ मा जितु नेपाल भिलेन !

डिसी नेपाल
७ भदौ २०७५ १०:४२

बहुप्रतिक्षित फिल्म ‘रामकहानी’ यही भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यस फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ लगाएत केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायतका हास्यकलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

उक्त फिल्म कमेडीसँगै रोमान्टिक लभस्टोरी अनुमान गरिएको थियो । तर, ट्रेलरमा अर्को जनरा पनि मिसिएर आयो । अभिनेत्री पूजा शर्माको भूत अवतारले फिल्ममा हररको पनि समिश्रण रहेको रहस्य खुलेको थियो ।

ट्रेलरमा खुलाइएको अभिनेत्री पूजाको रोमान्टिक र भूत अवतार बाहेक निर्माण टिमले अन्य पात्रको भूमिकालाई सस्पेन्स नै राखेको छ । तर, फिल्मका लिड कलाकार जितु नेपालले भने आफ्नो भूमिकाको विषयमा मौनता तोडेका छन् ।

हालै सन्दिप क्षेत्रीको ‘वाट्स द फ्लप’ शोमा अतिथी भएर गएका उनले ‘रामकहानी’ मा आफू पहिलो पटक भिलेनको भूमिकामा रहेको बताएका छन् । ट्रेलर, गीत र पोस्टरमा देखिएको उनको फरक गेटअपले पनि भिलेनको संकेत भने दिएको थियो ।

पूजाको भूत अवतारले दर्शकलाई सरप्राइज बनाइरहँदा जितुले आफ्नो भूमिका खुलाएपछि अझै फिल्मप्रतिको कौतुहलता बढाएको छ । होचा कदका उनलाई पहिलो पटक भिलेनको भूमिकामा हेर्न दर्शकलाई निकै रोचक हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *