‘भारत’ मा ‘डाक्टर मशहुर गुलाटी’ यी हट अभिनेत्रीसँग रोमान्स गर्दै

डिसी नेपाल
७ भदौ २०७५ १०:५७

मुम्बई। अली अब्बास जफर र सलमान खानको नयाँ फिल्म ‘भारत’ को सुरुदेखि नै चर्चा हुन थालेको छ । प्रियंका बाहिरिएर, कटरिना भित्रिएपछि सुनील ग्रोवरकालागि खुशीको खबर छ । कमेडियन सुनील ग्रोवल फिल्म भारतमा रोमान्स गर्दै पर्दामा देखिने भएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार फिल्म निर्माताले ‘भारत’ मा नोरा फतेही र सुनील ग्रोवरबीच एक रोमान्टिक ट्रयाकको योजना बनाएका छन्। अहिले फिल्म भारतको शुटिङ माल्टामा भइरहेको छ। सुनीलका शानदार कमिक टाइमिङलाई मध्यनजर गर्दै उनलाई एक कमेडियन रोमान्स दिइएको छ ।

फिल्म भारतमा नोराको प्रवेशलाई लिएर तपाइँ अचम्मका पर्नु भएको छ भने त्यो आइटम नम्बरका कारण संभव भएको हो। जोन अब्राहमको सत्यमेव जयतेमा नोराको दिलबर दिलबर निकै मन पराइएको थियो । यो गीत यूट्यूबमा सबैभन्दा तीव्र गतिमा १०० मिलियन भ्यूज पाउने गीत भएको छ । विश्वव्यापी रुपमा यो गीत तेस्रो नम्बरमा थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *