मलाइकाको घरबाट राती फर्कँदा पक्राउ परे यी अभिनेता

डिसी नेपाल
७ भदौ २०७५ १४:५५

एजेन्सी । अलाइका अरोरा खान बलिउडकी चर्चित डान्सर तथा मोडल हुन् । सलमान खानका भाई अरबाज खानसँगको १८ वर्ष लामो बिहे सम्बन्धलाई तोडेर एक्लै बस्दै आएकी छन् ।

डिभोर्स हुनुभन्दा पहिलादेखिनै मलाइका एक्लै बस्दै आएकी थिइन् । यसैबीचमा एक दिन अभिनेता अर्जुन कपुर मलाइकाको घरबाट राती फर्कँदै गर्दा फेला परेको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएको छ । यी दुबैको प्रेमकै कारण मलाइका र अरबाजबीच फाटो आएको बताइन्छ ।

अर्जुन र मलाइकाको प्रेमबारे प्रेमनगरी बलिउडमा निकै चर्चा भए पनि मलाइकाले भने त्यसको खण्डन गरेकी छन् । उनले अर्जुन राम्रो साथीमात्र भएको बताउने गरेकी छन् भने अर्जुनले मुख खोलेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *