आलियाका एक्स ब्वाइफ्रेन्डसँग रोमान्स गर्दै श्रीदेवीकी छोरी

डिसी नेपाल
७ भदौ २०७५ १४:५८

एजेन्सी । निर्माता निर्देशक करण जौहर सन् २००८ मा रिलिज भएको दोस्ताना फिल्मको स्वीक्वल बनाउने भएका छन् । उनले सो फिल्मका लागि स्टार कास्ट पनि गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दोस्ताना २ मा आलिया भट्टका पूर्व प्रेमी सिद्धार्थ मल्होत्रा र श्रीदेवीकी जाह्नवी कपुर अनस्क्रीन रोमान्स गर्न लागेका छन् ।

राम्रो स्क्रीप्ट नभएक कारण रोकिएको यो प्रोजेक्ट फाइनल भएको जनाइएको छ । जाह्नवीको पहिलो फिल्म धडक हालै रिलिज भएको छ । उनलाई धेरैले आमा श्रीदेवीसँग तुलना गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *