सबैभन्दा धेरै कमाउनेको लिस्टमा सलमानभन्दा अक्षय अगाडी, शाहरुख भने लिष्टमै परेनन्

डिसी नेपाल
८ भदौ २०७५ ३:५७

मुम्बई। बिजनेस म्यागेजिन फोब्र्सले विश्वका सबैभन्दा धेरै कमाइ गर्ने अभिनेताको लिस्ट जारी गरेको छ। यो लिस्टको टप टेनमा बलिउडबाट अक्षय कुमार र सलमान खानको नाम समावेश छ। यो लिस्टमा शाहरुखको नाम समावेश गरिएको छैन। रमाइलो त के भने अक्षय कुमारले धेरै कमाउनेमा सलमान खानलाई पनि पछि पारेका छन्। फोब्र्सको लिस्टका अनुसार सातौं नम्बरमा रहेका अक्षय कुमारले ४०.५ मिलियन डलर कमाइ गरेका छन्। नवौं स्थानमा रहेका सलमानको कमाइ ३८.५ मिलियन डलर रहेको छ।

यो तथ्यांक १ जुन २०१७ देखि १ जुन २०१८ बीचको कमाइको आधारमा जारी गरिएको हो। फोब्र्सको यो लिस्टमा हलिउड अभिनेता जर्ज २३९ मिलियन डलरसहित पहिलो नम्बरमा छन्।

जुन २०१७ र जुन २०१८ कोबीचमा अक्षय कुमारका दुई वटा फिल्म ट्वाइलेट : एक प्रेम कथा र प्याडम्यान रिलीज भएका थिए। ट्वाइलेटले विश्वव्यापी रुपमा ३१६ करोड रुपैयाँ कमाउन सफल भएको थियो। प्याडम्यानले १२० करोडको कमाइ गरेको थियो। फिल्मको फिस बाहेक अक्षय कुमार फिल्मको कमाइको पनि शेयर लिन्छन्।

१ जुलाई २०१७ देखि १ जुन २०१८ सम्म सलमान खानका दुई फिल्म ट्युबलाइट र टाइगर जिंदा है रिलीज भएका थिए। विश्वव्यापी रुपमा ट्युबलाइटले २२३ करोड रुपैयाँ र टाइगल जिंदा है ले ५६२ करोड रुपैयाँ कमाएको थियो। ट्युबलाइटको निर्माण सलमान स्वयंले गरेका थिए। आदित्य चोपडाको यशराज प्रोडक्शनमा निर्माण भएको टाइगर जिंदा है बाट सलमान एक्लैको कमाइ ७० करोड रुपैयाँ भन्दा धेरै भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *