बलिउड डान्सर अभिजित सिन्धेले गरे आत्महत्या

डिसी नेपाल
८ भदौ २०७५ ६:२३

बलिउडका डान्सर अभिजित सिन्धेले आत्महत्या गरेका छन्।  सिन्धे मुम्वई स्थित आफ्नै घरमा पंखामा झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो।

घटनास्थलमा प्रहरीले एक ‘सुसाइड नोट’ फेला पारेको छ। नोटमा अभिजीतले लेखेका छन्, ‘म आफ्नो बैंक एकाउन्ट छोरीको नाममा गर्न चाहन्छु, पत्नीले साथ छोडेपछि डिप्रेसनमा रहेका उनले लेखेका थिए, मैले तीन महिनादेखि आफ्नो छोरीलाई भेटेको छैन।’ उनका छिमेकीले अभिजितको घरको ढोका खुला रहेको देखे, उनीहरु भित्र गएर हेर्दा अभिजित पंखामा झुण्डीएको फेला परेका थिए। तत्काल उनलाई अस्पताल लगिएको थियो तर अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

अभिजितकी पत्नी तीन महिनादेखि आफ्नी आमासँग बस्दै आएकी थिइन्। उनले अभिजितलाई छोरीसँग भेट गर्न दिएकी थिइनन्। जसकारण अभिजित दुःखी थिए र डिप्रेशनको शिकार भएको प्रहरीको अनुमान छ। -एजेन्सी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *