नेपाली फिल्ममा सनी लियोनीको आइटम डान्स, फिल्मको पुरै बजेटभन्दा धेरै पारिश्रमिक

डिसी नेपाल
८ भदौ २०७५ ११:१८

काठमाडौं। पछिल्लो समय नेपालमा सनी लियोनी चर्चामा छिन् । नेपाली फिल्म खेल्नको लागि सनी लियोनीले ठूलो पारिश्रमिक लिएको खबरसँगै उनको चर्चा चुलिएको छ । पछिल्लो समय उनको पारिश्रमिक झनै चर्चामा छ । सनीले नेपाली फिल्म ‘पासपोर्ट’का लागि एउटा आइटम डान्स गर्ने सम्झौता गरेको घोषणासँगै उनको पारिश्रमिक सार्वजनिक भएको छ ।

सनीले यो आइटम डान्सको लागि ३ करोड पारिश्रमिक लिएको बताइएको छ । अहिले सामान्य नेपाली फिल्मको पूरै बजेट पनि ३ करोड हुँदैन । नेपाली फिल्म उद्योगका केही सीमित सुपरस्टारलाई लिएर फिल्म बनाएमा मात्र फिल्मको बजेट ३ करोड पुग्छ अन्यथा पूरै फिल्मको बजेट पनि ३ करोडभन्दा कम नै हुन्छ । तर, ठूलो बजेटका भनिएका नेपाली फिल्मको कुल बजेटजति पारिश्रमिक एक्लै सनीलाई दिएपछि यो फिल्मको कूल बजेट कति होला ? यो चर्चा अहिले निकै बढेको छ ।

५० लाखमा बनेको फिल्मले पनि लगानी उठाउन नसकिरहेका बेलामा यस फिल्ममा ३० करोड लगानी गर्ने घोषणा गरिएको छ । यो महत्वाकांक्षी लगानीले प्रतिफल देला कि नदेला भन्न सकिन्न तर नेपाली दर्शकले भने पूर्वपोर्नस्टारको नेपाली स्टाइलमा मसालेदार डान्स भने हेर्न पाउने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *