पत्नीले छोडेपछि डिप्रेशनमा थिए बलिउडमा यी कलाकार, यस्तो सुसाइड नोट लेखेर गरे आत्महत्या

डिसी नेपाल
८ भदौ २०७५ १३:३३

एजेन्सी । बलिउड कलाकार तथा डान्सर अभिजीत शिंदेले सुसाइड गरेका छन्। अभिजीतले रणवीर सिंह, रणबीर कपूर, अजय देवगन जस्ता चर्चित स्टारसँग काम गरिसकेका छन्।

उनलाई बिहीबार मुंबईस्थित आफ्नो घरमा बिहान साढे ६ बजे पंखामा झुण्डिएको अवस्थामा मृत फेला पारिएको थियो। छिमेकीले अभिजीतको घरको ढोका खुल्ला देखे। त्यसपछि घरभित्र जाँदा उनी पंखामा झुण्डिएको अवस्थामा फेला परेका थिए। त्यसपछि उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गर्यो।

प्रहरीले उनको सुसाइड नोट पनि फेला पारेको बताएको छ। उक्त नोटमा उनले आफूले चालेको कदमका कारण आत्महत्या गरेको उल्लेख गरेका छन्। सुसाइड नोटमा उनले लेखेका छन्, म आफ्नो बैँक अकाउण्ट छोरीको नाममा गर्न चाहन्छु। पत्नीले छोडेपछि म डिप्रेशनमा थिए। आफ्नो छोरीसँग पछिल्लो ३ महिनादेखि भेट्न पाएको थिइन्।

प्रहरी अधिकारीका अनुसार अभिजीतकी छोरी ३ महिनादेखि आफ्नी आमासँग रहेकी थिइन्। अभिजीतकी पत्नीले उनलाई छोरी भेट्न दिएकी थिइनन्। जसका कारण अभिजीत निकै पीडामा थिए र त्यसैका कारण उनी डिप्रेशनको शिकार भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *