यस्तो आरोप लगाएर आफ्नै पतिलाई पक्राउ गराइन यी मोडलले
एजेन्सी । रियालिटी शो बिग बोसका कारण चर्चामा रहेकी विवादास्पद मोडल सोफिया हयातले आफ्नै पतिलाई पक्राउ गराएकी छिन्।
गत वर्ष अप्रिलमा विदेशी नागरिक ब्लाद स्टेन्श्यूसँग बेलायतमा विवाह गरेकी सोफियाले केही महिनापछि पतिलाई घर निकाला गरेकी थिइन्। साथै उनले पतिमाथि चोरी र धोकेवाजीको आरोप पनि लगाएकी थिइन्। सोफियाको उजुरी पनि ब्लाद अहिले प्रहरीको नियन्त्रणमा छन्।
सोफियाले विवाहको केही समयपछि लगाएको आरोपमा भनेकी थिइन्, व्लाद एक राक्षस हुन्। उनी ऋणमा थिए, त्यसैले मलाई पैसाका लागि प्रयोग गरे। सोफियाले प्रहरीमा उजुरी दिएपछि व्लाद फरार भएका थिए। तर प्रहरीले उलाई लण्डनको एक परफ्यूम शपबाट पक्राउ गरेको हो।
व्लादले वेडिङ रिङ पनि बेचेर खाएको तथा आफूलाई ज्यान मार्ने धम्की दिएको सोफियाको आरोप थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment