अभिनेत्री कंगना रनौत अब कबड्डी खेल्दै

डिसी नेपाल
८ भदौ २०७५ १५:२९

‘क्विन’ बनेर दर्शकको दिलमा आफ्नोमा स्थान बनाएकी अभिनेत्री कंगना रनौत अब कबड्डी खेल्दै देखिने भएकी छन् । बलिउडका चर्चित निर्देशक अश्विनी अय्यर तिवारी फिल्म ‘पंगा’ लिएर आउँदैछन् ।

यसमा अभिनेत्री कंगना एक राष्ट्रीय स्तरको कबड्डी खेलाडीको भूमिकामा देखिनेछिन् ।

यसमा पंजाबी गायक-अभिनेता जसी गिल र अभिनेत्री नीना गुप्ताको पनि प्रमुख भूमिका रहनेछ । यो फिल्म परिवारको महत्वमाथि आधारित हुनेछ ।

निर्देशक अश्विनी भन्छन्, ‘मेरो उपस्थिति वास्तविक रुपमा मेरा आफ्ना निकट व्यक्तिको मप्रतिको विश्वासको प्रतिबिम्ब हो । कंगना रनौत, जस्सी गिल, नीना गुप्तासँग ‘पंगा’ प्रस्तुत । फक्स स्टार हिन्दीद्वारा निर्मित । वर्ष २०१९ मा सिनेमा घरमा ।’

कंगना कबड्डी खेलाडीको भूमिकालाई लिएर उत्साहित छिन् । ‘पंगा’ मेरो लागि दुई गुणा खास छ किनकी म राष्ट्रीय स्तरको कबड्डी खिलाडीको भूमिकामा देखिनेछु । यो निश्चित रूपमा चुनौतीपूर्ण हुनेछ’ , उनले भनिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *