नेहा धुपियाका ४ तस्बिरले मच्चायो हंगामा, रहस्य एकाएक सार्वजनिक

डिसी नेपाल
९ भदौ २०७५ १०:२३

मुम्बइ। बलिउड अभिनेत्री नेहा धुपियाले हिजो साँझ ट्वीटरमा ४ फोटो अपलोड गरिन् । यी ४ फोटोले पूरै बलिउडमा हंगामा मच्चियो । कारण थियो नेहाले अहिलेसम्म लुकाएको रहस्य एकाएक सार्वजनिक गर्नु । यी फोटोले नेहा गर्भवती भएको प्रस्ट भयो । नेहा आफैंले पनि आफू गर्भवती भएको बताइन् । नेहाको फोटो हेर्दा उनी कम्तीमा ५ महिनाकी गर्भवती भएको जस्तो देखिन्छ जबकि उनको विवाह भएको ३ महिना मात्र भयो ।

पछिल्लो केही समय नेहा गर्भवती भएको हल्ला चलिरहेको थियो । नेहाले खुल्ला कपडा लगाएका फोटोहरु अपलोड हुन थालेपछि उनी गर्भवती भएको चर्चा चल्नु स्वभाविक थियो । तर जतिसुकै हल्ला चलेपनि नेहा र उनका पति अंगद बेदीले या कुरा स्वीकार गरेनन् । उनीहरुले यो हल्लामात्र भएको बताएका थिए । तर, हिजो एक्कासी नेहाले आफू गर्भवती भएको खुलासा गरेपछि बलिउडमा हंगामा मच्चियो । कारण उनको फोटो हेर्दा नेहा विवाहअघि नै गर्भवती भएको देखिन्छ । हेर्नुहोस् नेहाले शेयर गरेका फोटोहरु –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *